प्रधानमन्त्री शेरबहादुर देउवा चितवन जाँदै  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री शेरबहादुर देउवा चितवन जाँदै 


२४ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन जाने भएका छन् । 

काँग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’मा काँग्रेस अभियानको समापनका लागि देउवा आज चितवन जान लागेका हुन्  । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने कार्यक्रममा देउवा अपराह्न करिब १२ बजे सहभागी हुने छन् ।

यही भदौ १० गते देखि सुरु भएको अभियानको पहिलो चरणको कार्यक्रम आज समापन हुँदै छ।

Tags :
प्रतिक्रिया दिनुहोस