म्यानमारमा घिमिरे र मलेसियामा पौडेल राजदूत नियुक्त « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

म्यानमारमा घिमिरे र मलेसियामा पौडेल राजदूत नियुक्त


२३ भाद्र २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हरिश्चन्द्र घिमिरेलाई म्यानमारको र डिल्लीराज पौडेललाई मलेसियाका लागि राजदूत नियुक्त गरेकी छिन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा २ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा उनीहरुलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन् ।

यस्तै राष्ट्रपतिले बेलायतका राजदूत ज्ञानचन्द्र आचार्यलाई माल्टाका लागि र अमेरिकाका राजदूत श्रीधर खत्रीलाई कोष्टारिकाका लागि गैरआवासीय राजदूत नियुक्त गरेको आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस