कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकद्वारा सामूहिक राजीनामाको घोषणा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकद्वारा सामूहिक राजीनामाको घोषणा


२२ भाद्र २०७९, बुधबार


काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूले सामूहिक राजीनामाको घोषणा गरेका छन् । उपकुलपतिलाई सामूहिक रूपमा पत्र लेख्दै चिकित्सकहरूले राजीनामा घोषणा गरेका हुन् । 

भाद्र २ गते डाक्टर करण साहमाथि प्रतिष्ठानका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका थिए । उक्त घटनालाई अतिरञ्जित बनाइ डा.साहमाथि झुटा मुद्दा दायर गरी पक्राउ पुजी जारी गरेपछि तनावको अवस्था सिर्जना भएको हो । 

विवाद बढ्दै जाँदा चिकित्सकहरूले सामूहिक राजीनामा घोषणा गरेका हुन् । यसअघि मंगलबार चिकित्सकले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेका थिए । उनीहरूले पक्राउ पुर्जी फिर्तासहित चिकित्सकको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस