इन्द्रजात्रालाई विश्वव्यापीकरण गर्ने मेयर बालेनको घोषणा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

इन्द्रजात्रालाई विश्वव्यापीकरण गर्ने मेयर बालेनको घोषणा


२२ भाद्र २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले यो वर्षदेखि इन्द्र जात्रालाई विश्वव्यापीकरण गर्न लागेको जानकारी दिएका छन्।

इन्द्रजात्रा पर्व सञ्चालनका लागि जानकारी दिन बुधबार काठमाडौँ महानगरपालिकाले काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर शाहले इन्द्र जात्रा पर्यटकीय सम्भावनाको आकर्षक क्षेत्र रहेको र यसको गरिमालाई देशभरि नै अपनत्व गराउन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न काठमाडौँ महानगरपालिकाले जाबा अवलोकनका लागि देशभित्र बाहिरबाट पाहुना बोलाएको जानकारी दिए।

महानगरपालिका र उपत्यकाको चिनारीसँग जोडिएको इन्द्र जात्राका औपचारिक कार्यक्रमहरू सुरु भइसकेका छन्।

यसको एउटा विम्ब इन्द्रजात्रा क्या पर्व हो। यसको सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक तथा सामाजिक पक्षको अन्तर घुलन अद्वितीय छ। धार्मिक सहअस्तित्व स्वीकार गरेर हिन्दु र बौद्ध धर्मावलम्बी एउटै पर्वलाई आफ्ना आफ्ना विधिबाट मनाउनु दिएको सन्देश गहिरो रहेको शाहले बताए।

उनले भने, ‘यो असल कामको सुरुवात गर्ने तत्कालीन नगरप्रमुख, उपप्रमुखसहित योजनामा सहभागी सबैलाई धन्यवाद दिन चाहन्छु। यस वर्ष हामीले भगिनी सम्बन्ध भएका राष्ट्रिय, अन्तर्राष्ट्रिय नगरसँगै दक्षिण एसियाली मुलुकका राजधानी सहरबाट प्रमुख र उपप्रमुखलाई जात्रा अवलोकन गर्न आमन्त्रण गरेका छौ। यस्तै नेपालका सबै महानगरका प्रमुख र उपप्रमुख तथा काठमाडौँ उपत्यकाका सबै नगरपालिकाका प्रमुख र उपप्रमुखलाई निमन्त्रणा गरिसकेका छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस