बसुन्धारा क्षेत्रका अनधिकृत संरचनामा महानगरको चल्यो डोजर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बसुन्धारा क्षेत्रका अनधिकृत संरचनामा महानगरको चल्यो डोजर


२२ भाद्र २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनधिकृत संरचना हटाउने कार्यलाई तीव्रता दिएको छ। बुधबार बिहानै महानगरको टोलीले काठमाडौँको बसुन्धारा क्षेत्रमा रहेका अनधिकृत संरचनालाई डोजर लगाएर हटाएको हो।

यस क्षेत्रमा नक्सापास विपरित बनाइएका घर टहराका साथै सडक मिचेर बनाइएका कम्पाउण्ड पनि महानगरले भत्काएको छ भने सडक छेउमा फुटपाथ अतिक्रमण गरेर व्यापार नगर्न चेतावनी दिएको छ।

काठमाडौँ महानगरपालिकाले सबै वडामा निर्माण गरिएका अवैध संरचना हटाइरहेको छ। महानगरपलिकाले नक्सा पास नगरी निर्माण गरिएका संरचना र नक्सामा उल्लेख गरिएको भन्दाविपरीत प्रयोग गरिएका संरचना हटाउन थालेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस