परमादेशी सरकार नभन्न एमालेलाई कानूनमन्त्री बन्दीको चेतावनी « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

परमादेशी सरकार नभन्न एमालेलाई कानूनमन्त्री बन्दीको चेतावनी


२१ भाद्र २०७९, मंगलबार


काठमाडौँ । कानूनमन्त्री गोविन्द बन्दीले प्रमुख विपक्षी एमालेका सांसदहरुलाई परमादेशी सरकार नभन्न चेतावनी दिएका छन् । प्रतिनिधिसभाको मंगलवारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन उभिएका बन्दीले परमादेशी सरकार भनेकोमा आपत्ति जनाए ।

मन्त्री बन्दीले संविधानले सर्वोच्च अदालतलाई दिएको अधिकार प्रयोग गरेरै संवैधानिक इजलासले फैसला गरेको भन्दै उक्त फैसलाको आलोचना र फैसलाबाट बनेको सरकारलाई परमादेशी भनिएकोमा उनले आपत्ति जनाए ।

मन्त्री बन्दीले भने, ‘जहिले पनि परमादेशी सरकार भनिरहनुभएको छ । अदालतले आफ्नो अधिकार प्रयोग गरेको हो । फैसलालाई लिएर व्याख्यात्मक रूपमा प्रश्न गरिन्छ भने हामीले कस्तो खालको न्यायपालिकाको कल्पना गरेका हौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस