संसद्को कार्यकाल थप्ने विधेयकमा निर्वाचन आयोगको आपत्ति « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

संसद्को कार्यकाल थप्ने विधेयकमा निर्वाचन आयोगको आपत्ति


२० भाद्र २०७९, सोमबार


काठमाडौँ । निर्वाचन कार्यकालका सन्दर्भमा संसद्ले केही नेपाल ऐन संशोधन गर्न लागेकोमा निर्वाचन आयोगले आपत्ति जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको बताएका छन् ।

“केही नेपाल ऐन संशोधन गर्ने ऐनको माध्यमबाट प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ मा हाल कायम रहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको कार्यकाल सम्बन्धमासमेत व्यवस्था गरी संघीय संसद्मा विधेयक पेस भएको विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा उल्लेख छ ।

आयोगले मंसिर ४ को निर्वाचनको तयारी गरिरहेको भन्दै संसद्को कार्यकाल मनोनयनपत्र पेस गर्ने मिति पछिसम्म कायम रहने गरी कानुन संशोधन गर्नु उपयुक्त नदेखिने बताएको छ ।

आइतबारको प्रतिनिधि सभा बैठकले संसद्को कार्यकालसम्बन्धी विधेयक छलफलका लागि स्वीकृत गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस