डोजर चल्ने डरले अनधिकृत संरचना आफैँ हटाउँदै घरधनी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

डोजर चल्ने डरले अनधिकृत संरचना आफैँ हटाउँदै घरधनी


२० भाद्र २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालाजुस्थित गोङ्गबु बसपार्क क्षेत्र वरपर फुटपाथ अतिक्रमण गरेर बनाइएको संरचना भत्काउन थालेपछि घरधनी आफैँले त्यस्ता संरचनाहरू भत्काउन सुरु गरेका छन् ।

डोजर लगाउँदा थप क्षति हुने भन्दै घरधनीहरूले कवाडी सामग्री सङ्कलन गर्ने व्यक्तिहरू मार्फत संरचनाहरू भत्काउन थालेका हुन् । भत्काइका संरचना लैजान दिने शर्तमा उनीहरूले फुटपाथ मिचेर बनाइएका होर्डिङ बोर्ड, पाली (ट्रस) बनाउन प्रयोग भएका फलाम, जस्ताजन्य सामग्रीहरू हटाउने काम भइरहेको महानगरले जनाएको छ ।

काठमाडौँ महानगरपालिकाले फुटपाथ क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचना दैनिक जसो भत्काइरहेको छ । आइतबार कोटेश्वर क्षेत्र वरपरको अनधिकृत संरचना हटाएको महानगरले सोमबार गोङ्गबु बसपार्क क्षेत्र वरपरका अवैध संरचना माथि डोजर चलाएर हटाउन सुरु गरेको हो ।

महानगरले मित्रनगर क्षेत्रमा रहेको होटेल पीआर बागलुङ स्याङ्जा रहेको घरको वेसमेन्टमा जाने भर्‍याङमा डोजर चलाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस