उम्मेदवारी दर्ताकै दिन संसद्को कार्यकाल सकिने गरी विधेयक संशोधन गर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उम्मेदवारी दर्ताकै दिन संसद्को कार्यकाल सकिने गरी विधेयक संशोधन गर्ने


२० भाद्र २०७९, सोमबार


काठमाडौँ । प्रतिनिधि सभाको कार्यकाल उम्मेदवारी मनोनयनकै दिन सक्ने गरी सरकारले विधेयक संशोधन गर्ने भएको छ।

प्रतिनिधि सभाको कार्यकाल नयाँ संसद्को पहिलो बैठकसम्म रहने गरी सरकारले विधेयक ल्याएको थियो। विधेयकको चौतर्फी आलोचना भएपछि सरकारले विधेयक संशोधन गर्ने भएको हो।

सरकारले केही नेपाल ऐन संशोधनमार्फत प्रतिनिधि सभा निर्वाचन ऐन संशोधन गर्दै कार्यकाल गणना शपथ खाएको दिनबाट गर्ने व्यवस्था प्रस्ताव गरेको छ।

प्रतिनिधि सभाले आफ्नो कार्यकाल गणनासम्बन्धी व्यवस्था समेटिएको केही नेपाल ऐन संशोधन विधेयक सैद्धान्तिक रूपमा स्वीकृत गरेसँगै विधेयक संशोधन प्रक्रियामा अघि बढेको छ।

सांसदहरूले दर्ता गरेको संशोधनमध्ये एउटालाई स्वीकार गरेर मनोनयनकै दिन संसद्को कार्यकाल सकिने व्यवस्था गर्ने सहमति गठबन्धनमा भएको बालुवाटार स्रोतले जनाएको छ।

संसद्को कार्यकाल लम्ब्याउन खोजेको भन्दै सरकारले ल्याएको विधेयकबारे एमालेले आपत्ति जनाएको थियो। संविधानको धारा ८५ को प्रावधानलाई प्रस्ट्याउनका निम्ति सरकारले कानुन ल्याउन लागेको तर्क संसदमा गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस