अख्तियारद्वारा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा छापा, फाइलहरु नियन्त्रण « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

अख्तियारद्वारा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा छापा, फाइलहरु नियन्त्रण


२० भाद्र २०७९, सोमबार


जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधामस्थित रहेको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा छापा मारेर फाइल नियन्त्रणमा लिएको छ।

शनिबार आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले घुम्ती शौचालयको कागजातसहित करिब तीन वटा योजनाको फाइल नियन्त्रणमा लिएको छ । आयोगमा विभिन्न उजुरीहरू परेपछि कार्यालयबाट सो सम्बन्धी कागजातहरू माग गरिएको थियो ।

यस अघि पनि आयोगको कार्यालय बर्दिबासबाट खटेको अख्तियारको टोलीले बृहत्तरद्वारा जानकी मन्दिरमा भएको विद्युतीकरणमा व्यापक अनियमितता भएको भन्दै उजुरी परेपछि छापा हानेर सो सम्बन्धी कागजात नियन्त्रणमा लिएको थियो। तर सो मुद्दालाई अख्तियारले मुल्तवीमा राखेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस