रञ्जन कोइरालाको मुद्दा फैसलाबारे चोलेन्द्रले भने मलाई प्रायश्चित छ! « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रञ्जन कोइरालाको मुद्दा फैसलाबारे चोलेन्द्रले भने मलाई प्रायश्चित छ!


१९ भाद्र २०७९, आइतबार


काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले रञ्जन कोइरालाको मुद्दा फैसलामा प्रायश्चित गरेको बताएका छन् ।

आफूले यो मुद्दामा विवेक प्रयोग गरेको भन्दै उनले यसैका कारण महाअभियोग लगाइएको हो भने जनतासमक्ष माफी माग्ने बताए ।

श्रीमतीको निर्ममतापूर्वक हत्या गरेको अभियोग लागेका कोइरालालाई तोकिएको २० वर्ष सजायँमा जबराले ८ वर्षमा झारेका थिए । यसमा न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार भएकाले त्यसलाई प्रयोग गरेको उनको भनाइ छ ।

रञ्जन कोइरालालाई कम सजाय गरियो भन्नु शतप्रतिशत गलत भएको उनले बताए ।

पारिवारिक कुरा र नाबालक छोरा भएको र बच्चाहरूलाई ख्याल गरेर २० वर्ष कैद सजाय भएकोमा ८ वर्ष ६ महिना बसिसकेको अवस्थामा दुई जना बच्चाको लागि न्यायाधीशले विवेक प्रयोग गरेको उनको भनाइ छ ।

आज समिति सदस्यहरूले जबरासँग पाँच वटा प्रश्न सोधेका थिए । महाअभियोग सिफारिस समितिको अर्को बैठक आगामी २६ गते बस्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस