२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिजुली पुग्दै रुकुम पूर्वका दुर्गम गाउँमा 

अ+ अ-

काठमाडौँ । रुकुम (पूर्व)का दुर्गम गाउँहरूमा पनि केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्दै छ। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र रुकुम पूर्वले जिल्लाको दुर्गम गाउँहरूमा विद्युत् लैजान काम तीव्र बनाएको छ।

२०७६ असोजमा नेपाल विद्युत् प्राधिकरणले रुकुम पूर्वको लागि वितरण केन्द्र सिस्ने गाउँपालिका-५ रुकुमकोटमा कार्यालय स्थापना गरेको थियो। त्यसयता ग्रामीण समुदायको बाहुल्यता रहेको रुकुम पूर्वका लागि केन्द्रीय प्रसारण लाइन विस्तार गरिराखेको छ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले विद्युत् जिल्लाको दुर्गम गाउँहरूमा लैजान तार तान्ने, पोल गाड्ने, ट्रान्सफर्मर जडानलगायत अगाडि बढाएको छ। २ वर्षमा जिल्लाको विभिन्न ठाउँमा केन्द्रीय लाइन लगिसकेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख सुरेशप्रसाद चौधरीले बताए।

भौगोलिक विकटताका साथसाथै नयाँ जिल्ला हुनाले सबै काम सुरुवाती चरणबाट गरिराखिएको चौधरीले बताए। छोटो समयमै सबै दूरदराजका बस्तीहरूमा केन्द्रीय प्रसारण लाइन जोड्न जिल्लाका विभिन्न ठाउँलाई १३ खण्डमा विभाजन गरेर काम भइरहेको कार्यालयले जनाएको छ।

३१ वटा वडा रहेको रुकुमपूर्वकमा सिस्ने गाउँपालिकाको ३, ४, ५, ६ नम्बर वडामा केन्द्रीय प्रसारण लाइन पुगेको छ। भूमे गाउँपालिकाको १, २, ४, ५, ६, ७, ९ नम्बर वडा र पुथाउत्तरगङ्गा गाउँपालिकाको १०, ११, १२ र १४ नम्बर वडामा केन्द्रीय लाइन जोडिएको छ।

जसमध्ये केन्द्रीय लाइनको ग्राहक सिस्ने-५ र ६ का १ हजार १ सय र भूमे-४ र ५ का ७ सय गरी जिल्लामा हाल प्राधिकरणको ग्राहक १ हजार ८ सय घरधुरी रहेका छन्। अन्य वडामा विद्युत् पुगे पनि स्थानीय लघु जलविद्युत् उपभोग गरिराखेका छन्। 

प्राधिकरणले रुकुम पूर्वमा रोल्पाको थबाङ हुँदै भूमे गाउँपालिका-६ महत भएर आउने लाइन ३३ केभीको र रुकुम पश्चिम हुँदै रुकुमकोट भएर आउने ११ केभीको केन्द्रीय प्रसारण लाइन जिल्लामा ल्याएको छ। 

यस्तै जिल्लाका अब दुई ठाउँमा विद्युत् सब-स्टेसन बनाइने भएको छ। भूमे गाउँपालिका–२ काँक्री र सिस्ने गाउँपालिका-५ रुवाबाङमा विद्युत् सब-स्टेसन बनाइने भएको हो।

जिल्लामै सब-स्टेसन निर्माण भएमा स्थानीय लघु जलविद्युतलाई पनि सब-स्टेसनमै एकीकृत गर्न सकिने भएकाले हाल भइराखेको विद्युत् अनियमितमा केही समस्या हल हुने चौधरीको भनाइ रहेको छ। 

प्रतिक्रिया दिनुहोस