हुण्डी कारोबारी अग्रवालविरुद्ध ७४ लाख जफतको मागसहित मुद्दा दायर « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

हुण्डी कारोबारी अग्रवालविरुद्ध ७४ लाख जफतको मागसहित मुद्दा दायर


१७ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । हुण्डी कारोबारी भारतीय नागरिक राजु अग्रवालविरुद्ध राजस्व अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।

राजु अग्रवाल भनिने भारत राजस्थान सिक्कर देवथलका राजेन्द्रै कुमारलाई साउन २३ गते काठमाडौँ महानगरपालिका १८ नरदेवीबाट ७४ लाख रुपैयाँ नगदसहित पक्राउ परेका थिए।

अनुसन्धानका क्रममा उनले खाटु इन्टरनेशनलका नाममा व्यवसाय गर्ने भनी हुण्डीजन्य कारोबार गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विभागमा बुझाएको थियो।

उनले चीनबाट सामान ल्याई विद्युतीय व्यवसाय गर्ने भनी कार्यालय खोलेर कर्मचारी राखेको तर बैङ्क खाता नखोली नगदै जम्मा गरी हुण्डीजन्य कारोबार गरेको विभागको आरोप छ। उनीबाट बरामद रकम जफत र सजाय दिलाउन माग दाबी गर्दै विभागले मुद्दा चलाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस