दाउद इब्राहिमबारे सूचना दिनेलाई २५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

दाउद इब्राहिमबारे सूचना दिनेलाई २५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा


१६ भाद्र २०७९, बिहिबार


काठमाडौँ । भारतको राष्ट्रिय अनुसन्धान निकाय (एनआईए) ले फरार ‘अन्तर्राष्ट्रिय आतङ्कवादी’ दाउद इब्राहिम र उनका निकट सहयोगीबारे सूचना दिने व्यक्ति वा संस्थालाई २५ लाख भारतीय रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ ।

एनआईएले १८ अगस्ट २०२२ मा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “संयुक्त राष्ट्रसङ्घ सुरक्षा प्रस्ताव १२६७ अन्तर्गत संयुक्त राष्ट्रसङ्घले ‘अन्तर्राष्ट्रिय आतङ्कवादी’ घोषित गरेको र भारतको गैर-कानुनी गतिविधि ऐन १९६७ को चौथो अनुसूचीअन्तर्गत सूचिकृत दाउद इब्राहिमले डी-कम्पनी नामको अन्तर्राष्ट्रिय आतङ्कवादी सञ्जाल चलाइरहेका छन् ।” 

विज्ञप्तिमा भनिएको छ, ’इब्राहिम र उनका अन्य सहयोगीहरू विभिन्न आतङ्कवाद, हतियार तस्करी, लागुऔषध कारोबार, आपराधिक सङ्गठन सञ्चालन, सम्पत्ति शुद्धीकरण, जाली भारतीय नोट (एफआईसीएन) को प्रचलन, अनधिकृत रूपमा कब्जा र आतङ्कवादी धन सङ्कलनका लागि प्रमुख सम्पत्तिहरू प्राप्त गर्ने जस्ता आपराधिक गतिविधिहरूमा संलग्न छन् र लस्कर-ए-तैएबा, जैश-ए-मोहम्मद, र अल कायदासहित अन्तर्राष्ट्रिय आतङ्कवादी सङ्गठनसँग सक्रिय सहकार्यमा काम गरिरहेका छन् ।”

एनआईएले सूचना दिने व्यक्ति वा संस्थाको सुरक्षाको लागि सुनिश्चितता गर्दै उनीहरूको नाम सार्वजनिक नगरिने पनि बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस