सप्तकोसीले कटान गरेको भू-भाग ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सप्तकोसीले कटान गरेको भू-भाग ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा


१६ भाद्र २०७९, बिहिबार


काठमाडौँ । सरकारले सप्तकोसीमा आएको बाढीले कटान गरेको भू-भागलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

गृह मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सप्तकोसी नदीमा आएको बाढीबाट भौतिक क्षति भएको भू-भागलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

मन्त्रालयका अनुसार उदयपुर जिल्लाको बेलका नगरपालिकाको वडा नम्बर १, २, ३, ८ र ९ लाई यस्तो क्षेत्र घोषणा गरिएको छ ।

सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका वडा नम्बर ६, ७ र ९ तथा कञ्चनरुप नगरपालिकाको वडा नम्बर १, २, ४, ५, ६ र १० लाई समेत सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको मन्त्रालयले जनाएको छ ।

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६, ७ र ९ लाई समेत यस्तो क्षेत्र भित्र समेटिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस