फेरी बढेर आयो डिजेल र पेट्रोलको मूल्य « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

फेरी बढेर आयो डिजेल र पेट्रोलको मूल्य


१६ भाद्र २०७९, बिहिबार


काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले डिजेल र पेट्रोलको नयाँ मूल्य पठाएको छ ।

बिहीबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य ६ रुपैयाँ १२ पैसाले बढेर प्राप्त भएको छ भने खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १ सय रुपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

नयाँ मूल्य प्राप्त भए पनि निगमले उपभोक्ता बिक्री मूल्यबारे भने कुनै निर्णय गरेको छैन ।

यसअघि लगातार तीन पटक घटेर मूल्य प्राप्त भएपनि निगमले बिक्री मूल्य घटाएको थिएन । नयाँ बिक्री मूल्यबारे बिहीबार साँझ बस्ने निगम बोर्ड बैठकले निर्णय गर्न सक्ने निगमका एक अधिकारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस