विद्यार्थी सुरक्षा लक्षित चेकिङ, २५४ जना विद्यार्थी कारवाहीमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विद्यार्थी सुरक्षा लक्षित चेकिङ, २५४ जना विद्यार्थी कारवाहीमा


१६ भाद्र २०७९, बिहिबार


काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यका भित्र गरेको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तर्गत आज २५४ चालकमाथि कारवाही गरेको छ ।

बिहान ५ बजे देखि ८ बजे सम्म गरिएको चेकिङका क्रममा सवारी चालक अनुमति पत्र प्राप्त नगरेका १२ जना, कागजपत्र साथमा नभएका ११ जना र अन्य कसुरमा २ जना विद्यार्थी चालकहरु कारवाहीमा परेको हुन् ।

चेकिङकै क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य २ सय २९ जना चालकलाई पनि कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस