सरकारले बिमा कलेज स्थापनाको तयारी गरिरहेको छ : अर्थमन्त्री शर्मा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सरकारले बिमा कलेज स्थापनाको तयारी गरिरहेको छ : अर्थमन्त्री शर्मा


१६ भाद्र २०७९, बिहिबार


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सरकारले बिमा कलेजको स्थापना गर्ने तयारी गरिरहेको बताएका छन् ।

आज बिमा समितिको कर्णाली प्रदेश कार्यालयको उद्घाटन गर्दै मन्त्री शर्माले बिमा सम्बन्धी पढाइ सञ्चालन गर्ने गरी बिमा कलेज स्थापना गरिने बताए ।

उनले बिमा कम्पनीहरू सहर केन्द्रित भएको भन्दै यसलाई दुरदराजसम्म विस्तार गर्नुपर्नेमा जोड दिए । क्षति न्यूनीकरण गर्न बीमाको सुरुवात भएको भन्दै सरकारले यसलाई व्यवस्थित गर्ने योजना अघि सारेको शर्माले बताए ।

प्रदेश कार्यालयलाई धेरै अधिकार दिएको अब कर्णाली प्रदेशमा पनि बिमा समितिले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको शर्माले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस