सुनको मूल्य घट्यो,  आज तोलामा कति ?  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

 सुनको मूल्य घट्यो,  आज तोलामा कति ? 


१६ भाद्र २०७९, बिहिबार


काठमाडौँ । नेपाली बजारमा आज बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ ।

बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार भने ९ सयले घटेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

तस्तै, तेजाबी सुन प्रतितोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य बिहीबार ३० रुपैयाँले घटेर १ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस