बाइकमा ‘मोबाइल स्ट्यान्ड’ राख्न रोक  « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

बाइकमा ‘मोबाइल स्ट्यान्ड’ राख्न रोक 


१५ भाद्र २०७९, बुधबार


काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘मोटरसाइकलमा ‘मोबाइल स्ट्यान्ड’ राख्न रोक लगाएको छ । राइड सेयरिङ एप कम्पनीहरूलाई पत्र लेख्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्यस्ता स्ट्यान्ड हटाउन निर्देशन दिएको हो । अहिले अधिकतम रूपमा राइड सेयरिङ’ गर्ने  बाइकहरूले यस्तो स्ट्यान्ड प्रयोग गरिरहेका छन् ।

यस्ता स्ट्यान्डले बाइकल मोडिफिकेसन भएको ठहर गर्दै ट्राफिकले प्रयोगमा रोक लगाएको हो । यसले दुर्घटनाको जोखिम समेत बढाएकाले बाइकहरूमा यस्ता स्ट्यान्ड र मोबइल अड्याउने कुनै प्रकारका वस्तु नराख्न निर्देशन दिनु परेको एक ट्राफिक प्रहरी अधिकारी जानकारी दिए ।

नेपाल सरकारको प्रचलित कानुम बमोजिम बाइकमा केही कुरा थप्नु वा हटाउनु बाइकको स्वरूप परिवर्तन (मोडिफिकेसन) भएको ती अधिकारीको तर्क छ ।

मोटरसाइकलमा यस्ता स्ट्यान्ड राखेमा कारबाही गर्ने ट्राफिक प्रहरीले जनाएको छ । नक्सा हेर्न तथा फोटोरभिडिओ खिच्न यस्ता स्ट्यान्डको प्रयोग हुन्छ । यसले दुर्घटना निम्तिरहेकाले प्रयोग निषेध गरिएको हो । मोबाइल हेर्दै बाइक चलाउँदा दुर्घटनाको जोखिम बढेको ट्राफिकको निष्कर्ष छ । सवारी साधनको स्वरूप फेर्ने, रङ बदल्ने, नयाँ पार्टपुर्जा थपघट गर्ने काम काननले निषेध गरेको छ ।

सवारी चलाउँदा मोबाइल फोन प्रयोग पनि निषेधित छ । यस्तो नियम उल्लङ्घन गरेमा ५ सयदेखि २ हजारसम्म र अटेरी गरेमा दोहोर्‍याएमा ५ देखि २० हजारसम्म जरिवाना हुनसक्ने नियम छ ।

पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्नेतले प्रहरीको आदेश बमोजिम सूचना कम्पनीले राइडर र फुडम्यानहरूलाई दिएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस