ओलीको दाबी : एमालेले कम्तीमा १५० सिट जित्छ ! « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

ओलीको दाबी : एमालेले कम्तीमा १५० सिट जित्छ !


१५ भाद्र २०७९, बुधबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिरको निर्वाचनमा कम्तीमा १५० सिट जित्ने दाबी गरेका छन् । बुधवार कञ्चनपुरमा भएको पार्टी कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिक तर्फ गरेर १५० सिट एमालेले जित्ने दाबी गरेका हुन् ।

अध्यक्ष ओलीले एमालेले अरूका बलमा र अरूका पैसा छरेर नभई जनताले भोट खसालेर जित्ने समेत बताए । उनले गठबन्धनलाई दुष्टको संज्ञा दिँदै पराजित गर्नुपर्ने भएकाले नेता कार्यकर्तालाई चित्त नदुखाई अनुशासित भएर अघि बढ्न निर्देशन दिए ।

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले उहिलेदेखि सांसद भएर र ५ वर्ष प्रधानमन्त्री भएर के गर्नुभयो ? भन्दै प्रश्न गरे । पहिलो पल्ट पल्लो जिल्लामा घर किनेर सिँगार पटार गरेको र यसपल्ट व्युटिपार्लर नै खोल्ने हो कि भन्दै देउवालाई व्यङ्ग्य समेत गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस