२१ अंकले घट्यो नेप्से, १ अर्ब १३ करोडको कारोबार « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

 २१ अंकले घट्यो नेप्से, १ अर्ब १३ करोडको कारोबार


१५ भाद्र २०७९, बुधबार


काठमाडौँ । साताको चौथो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा १ प्रतिशत भन्दा माथिको गिरावट भएको छ । बुधबार बजार परिसूचक नेप्से २१.९७ अंक (१.१० प्रतिशत) ले गिरावट भएर १९७३.३८ अंकमा बन्द भएको हो ।

नेप्सेसँगै सबै उपसूचकमा गिरावट हुँदा वित्त कम्पनी उपसूचक सर्वाधिक २.४२ प्रतिशत र हाइड्रोपावर उपसूचक २.१७ प्रतिशतले गिरावट भएको छ । त्यस्तै बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि ०.५३ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेमा गिरावट हुँदा बुधबार पनि कारोबार रकम १ अर्बमा सीमित भएको छ । साताको पहिलो कारोबार दिन आइतबार २ अर्ब नाघेको कारोबार रकम सोमबार १ अर्ब २६ करोडमा झरेको थियो भने मंगलबार तिजको दिन १ अर्ब १ करोडमा सीमित भयो ।

साताको चौथो कारोबार दिन बुधबार नेप्सेमा २९ लाख ९२ हजार ८७३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १२ करोड ६२ लाख १८ हजारको कारोबार भएको छ ।

जसमध्ये नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक १० करोड ७४ लाख ८४ हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको ६ करोड ४० लाख २४ हजार र राप्ती हाइड्रोपावरको ३ करोड २७ लाख ८९ हजारको कारोबार भएको छ ।

बुधबार नेप्सेमा १८७ कम्पनीको सेयर कारोबार हुँदा १६८ कम्पनीको सेयर मूल्य गिरावट भएको छ । १५ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस