पल शाहको मुद्दामाथिको सुनुवाइ स्थगित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पल शाहको मुद्दामाथिको सुनुवाइ स्थगित


१५ भाद्र २०७९, बुधबार


काठमाडौँ । अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँमा आज (बुधबार) हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दा न्यायाधीश दलबहादुर केसीको इजलासमा परेको थियो ।

तर न्यायाधीश केसी अनुपस्थित भएकाले सुनुवाइ हुन सकेन ।

शाह बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् । उनीमाथि जिल्ला अदालत नवलपुरमा पनि बलात्कारको अर्को मुद्दा छ ।

अभिनेता शाहका कानुन व्यवसायी अधिवक्ता कमला मोहन वाग्लेका अनुसार नवलपुर अदालतले २१ भदौका लागि पेशी तोकेको छ ।

थुनामुक्त भएर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए तर अदालतले निवेदनलाई अस्वीकृत गरेको थियो ।

सम्बन्धित समाचार : पल शाहको मुद्दामा तनहुँ जिल्ला अदालतमा सुनुवाइ

Tags :
प्रतिक्रिया दिनुहोस