राहदानी विभाग अगाडीको रेष्टुरेन्ट खाली गर्न महानगरको निर्देशन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राहदानी विभाग अगाडीको रेष्टुरेन्ट खाली गर्न महानगरको निर्देशन


१५ भाद्र २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वेसमेन्ट खाली गराउने अभियानलाई आज पनि जारी राखेको छ ।

मंगलबार हरितालिका तीज भएको कारण रोकिएता पनि भवनको नक्सा अनुसार प्रयोजन नभएको वेसमेन्टहरु हटाउन थालिएको महानगर नगर प्रहरीले जनाएको छ ।

काठमाडौँ नगर प्रहरीले त्रिपुरेश्वरको राहदानी विभाग अगाडी रहेको भवनको वेसमेन्टमा सञ्चालन भइरहेका रेष्टुरेन्ट, अन्य व्यवसायहरु हटाउँदैछ । महानगर प्रहरी निर्देशन पछि रेष्टुरेन्टले आफ्नो सामाग्री हटाउन सुरु गरेको हो ।

महानगरको टोली नारायण चौर स्थित रहेको बैंक अफ काठमाडौँ पुगेको छ । त्यहाँ रहेको बेसमेन्टमा पार्किङ गरी अन्य प्रयोजन भएको पाइएपछि टोली पुगेको महानगर प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस