प्रधानन्यायाधीश जबरालाई सोध्नको लागि ४३ प्रश्न तयार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानन्यायाधीश जबरालाई सोध्नको लागि ४३ प्रश्न तयार


१५ भाद्र २०७९, बुधबार


काठमाडौँ । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार पारेको छ ।

आफूमाथि लागेको महाभियोगबारे बयान दिनका लागि सिंहदरबार पुगेका जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार पारिएको छ ।

समितिको गत बुधवारको बैठकले महाभियोग लागेका जबरालाई बयानका लागि बोलाएको थियो । अहिले समितिको बैठक बसिरहेको भए पनि बयान लिने क्रम सुरु भएको छैन । जबरा अहिले संसद् सचिवालयका सचिव ध्रुव घिमिरेको कार्यकक्षमा बसिरहेका छन् ।

बैठक कसरी सञ्चालन गर्ने भन्नेबारे अहिले छलफल भइरहेको छ । १ घण्टादेखि समिति बैठक खुला हुने कि बन्द हुने भन्ने विषयमा छलफल भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस