मध्यपश्चिम विश्वविद्यालयको भुईँ तलामा महिला मृत फेला « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मध्यपश्चिम विश्वविद्यालयको भुईँ तलामा महिला मृत फेला


१४ भाद्र २०७९, मंगलबार


काठमाडौँ । सुर्खेतमा एक महिला मृत फेला परेकी छन् । वीरेन्द्रनगर नगरपालिका ८-स्थित मध्यपश्चिम विश्वविद्यालय व्यवस्थापन सङ्काय (मुसुम)को भुईँ तलामा मृत अवस्थामा भेटिएकी हुन् ।

मृतक महिलाको पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सोमबार दिउँसो ४ स् ३० बजे मृत अवस्थामा भेटिएकी ती महिला अन्दाजी २८र२९ वर्षकी भएको प्रहरीले जनाएको छ ।

घटनाको ज्यान सम्बन्धी कसुर (फुटकर ज्यान) मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी सुरज कार्कीले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस