नोबेल एकेडेमीका शिक्षक पक्राउ, छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नोबेल एकेडेमीका शिक्षक पक्राउ, छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप


१३ भाद्र २०७९, सोमबार


पक्राउ

काठमाडौँ । नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीका एक शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

ती शिक्षकलाई पक्राउ गरी प्रहरी वृत्त बानेश्वर राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पक्राउ पर्नेमा अंग्रेजी पढाउने शिक्षक सरोज भट्टराई रहेका छन्। प्रहरीका अनुसार उनले विद्यार्थीसँग च्याटमा यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। उनलाई नियन्त्रणमा लिई बानेश्वरमा राखिएको छ । आफन्तले जाहेरी भने दिएका छैनन् । जाहेरी आएपछि थप अनुसन्धान हुने छ ।

कक्षा–१२ का विद्यार्थीहरूले सोमबार बिहानदेखि आरोपित शिक्षकलाई कारबाही माग गर्दै आन्दोलन गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस