विवेकशील साझाका ७ केन्द्रीय सदस्यले दिए राजीनामा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

विवेकशील साझाका ७ केन्द्रीय सदस्यले दिए राजीनामा


१२ भाद्र २०७९, आइतबार


काठमाडौँ । विवेकशील साझा पार्टीका ७ जना केन्द्रीय सदस्यले राजीनामा दिएका छन् । उनीहरूले आइतबार पार्टी कार्यालयमा सामूहिक राजीनामा दिएका हुन् ।

पार्टीले हाल अङ्गीकार गरेको नीति तथा कार्य योजना एकदमै अस्पष्ट र नेतृत्व प्रक्रिया अपारदर्शी रहेको भन्दै उनीहरूले पार्टीले आम नागरिकको अवस्था बदल्ने राजनीतिक कार्यदिशा कार्यान्वयन गर्नेछ भन्नेमा विश्वस्त हुन नसकेको बताएका छन् ।

पार्टीको संस्थापक केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य जमुना शर्मा, राज्यलक्ष्मी श्रेष्ठ, रोशनी अधिकारी, सस्मित पोखरेल, श्रीकृष्ण श्रेष्ठ र सुदन मानन्धरले राजीनामा दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस