२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

७८ लाख घुसकाण्ड : अख्तियारका पूर्वआयुक्त पाठकविरुद्धको मुद्दाको सुनुवाइ सुरु

अ+ अ-

काठमाडौँ । विशेष अदालतले घुसकाण्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ सुरु गरेको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले शुक्रबार सुरु भएको मुद्दालाई हेर्दाहेर्दैमा राख्ने आदेश गरेको हो । अब मुद्दाको निरन्तर सुनुवाइ हुनेछ ।

अख्तियारले १२ चैत २०७५ मा आफूकहाँ विचाराधीन एक इन्जिनियरिङ कलेजको अनियमितता सम्बन्धी फाइल मिलाउन ७८ लाख रुपैयाँ घुस खाएको आरोपमा भ्रष्टाचारमुद्दा दायर गरेको थियो । आयुक्त पाठकका साथै उनलाई घुस खुवाउने नेपाल इन्जिनियरिङ कलेजका पूर्व–अध्यक्ष लम्बोदर न्यौपानेलाई अख्तियारले ७८ लाख रुपैयाँ बिगो मागदावी गरी मुद्दा दायर गरेको थियो ।

आयुक्त पाठकमाथि अख्तियारमा विचाराधीन उजुरी मिलाइदिने भनी पदीय आचरण विपरीत काम गरेको आरोप छ ।

आरोपपत्रमा अख्तियारले पाठकमाथि ११ वर्ष कैद सजाय हुनुपर्ने मागदावी गरेको थियो । भ्रष्टाचार निवारण ऐनको दफा ३ अनुसार, ५० लाखदेखि एक करोड रुपैयाँ घुस लिने/दिने व्यक्तिलाई ६ देखि ८ वर्षसम्म कैद सजाय हुनेछ । विशिष्ट श्रेणीको कर्मचारी भ्रष्टाचारमा संलग्न भएको भेटिए थप ३ वर्ष कैद हुने व्यवस्था छ । सो व्यवस्था अनुसार पाठकमाथि ११ वर्षसम्म हुने भनी अख्तियारको मागदावी थियो ।

लम्बोदरसँग रकम लिएर पाठकलाई घुस बुझाएका इन्जिनियर ज्ञानेन्द्र झालाई अख्तियारले अनुसन्धानमा सहयोग गरेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो । भिडियो खिच्ने ध्वजमान मोक्तानको हकमा पनि अख्तियारले मुद्दा चलाएको छैन ।

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने विभिन्न अनियमिततामा मुछिएका थिए । कलेजको फाइल अख्तियारमा अनुसन्धान हुँदै थियो । त्यसक्रममा न्यौपानेले आफूलाई जोगाइदिन अनुरोध गर्दै पाठकलाई एक पटक ४० र अर्को पटक ३८ गरी ७८ लाख रुपैयाँ घुस बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस