निहारिका राजपूतलाई मधेस सरकारको ५ लाख सहयोग « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निहारिका राजपूतलाई मधेस सरकारको ५ लाख सहयोग


१० भाद्र २०७९, शुक्रबार


काठमाडौँ । न्यायका लागि सङ्घर्षरत निहारिका राजपूतलाई मधेस प्रदेश सरकारले आर्थिक सहयोग दिने भएको छ ।

मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्‌को निर्णय अनुसार राजपूतलाई कानूनी लडाइँका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग दिन लागिएको अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिएका छन् ।

राजपूतलाई आर्थिक सहयोग गर्नका लागि मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले सिफारिस गरेका थिए ।

राजपूतले आफू बलात्कारमा परेको र बच्चा जन्मिएको भन्दै बलात्कारका आरोपी र बच्चाको डिएनए परीक्षणको माग गर्दै आएकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस