श्रम तथा रोजगार कार्यालयमा ‘रोमानियन मिसन’ स्थापना « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

श्रम तथा रोजगार कार्यालयमा ‘रोमानियन मिसन’ स्थापना


१० भाद्र २०७९, शुक्रबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको सिलसिलामा नेपालीलाई रोमानिया पठाउन सहजीकरण गर्ने उद्देश्यले ‘रोमानियन मिसन’ स्थापना गरेको छ । 

काठमाडौँको ताहाचलस्थित श्रम तथा रोजगार कार्यालय परिसरमा अस्थायी रूपमा रोमानियन मिसन स्थापना गरिएको मन्त्रालयले जनाएको छ । 

‘नेपाली नागरिकहरूले रोमानियामा प्राप्त गरेको रोजगारीहरू गुम्न नदिन र रोमानिया प्रवेशको लागि आवश्यक भिसा​ प्रक्रियालाई सरल, सहज र पहुँचयोग्य बनाउन काठमाडौँस्थित श्रम तथा रोजगार कार्यालय, ताहाचलको परिसरमा अस्थायी रूपमा रोमानिया मिसन स्थापना गरिएको छ,’ मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताएका छन् । 

रोमानियाको भिसा लिन भारतको नयाँदिल्लीस्थित रोमानियाको दूतावास जानु पर्ने र त्यहाँ जाँदा कामदारको धेरै रकम खर्च हुने भएकोले समस्या समाधान गर्न रोमानिया मिसन स्थापना गरिएको उनले जनाए । 

वैदेशिक रोजगारीको सन्दर्भमा रोमानिया जान चाहनलेले मिसनले तोकेको भिसा शुल्कबाहेक कहिँकतै कुनै प्रकारको रकम नबुझाउन उनले अनुरोध गरेका छन् । उनले अन्य कुनै पनि प्रकारका प्रलोभनमा नपर्न सबैलाई अनुरोध गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस