फिना विश्व जुनियर च्याम्पियनसिपमा भाग लिन पौडी टोली पेरु जाँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

फिना विश्व जुनियर च्याम्पियनसिपमा भाग लिन पौडी टोली पेरु जाँदै


१० भाद्र २०७९, शुक्रबार


काठमाडौँ । आठौँ फिना विश्व जुनियर पौडी प्रतियोगितामा सहभागी हुन तीन खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शनिबार पेरुको लिमा प्रस्थान गर्दैछ ।

अगष्ट ३० देखि सेप्टेम्बर ४ सम्म हुने प्रतियोगितामा नेपालबाट एक पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

पुरुषमा विकास कुमालले ५० र १०० मिटर ब्रेस्टस्ट्रोकमा खेल्ने छन् । महिलामा डुवाना लामाले ५० र १०० मिटर ब्रेस्टस्ट्रोक तथा अनुश्रीया तण्डुकारले ५० र १०० मिटर फ्रिस्टायलमा नेपालको चुनौती पेश गर्ने छन् । नेपाली टोलीको प्रशिक्षकमा ओङडेन लामा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस