विराटनगर महानगरपालिकाद्वारा श्वेतपत्र जारी (पूर्णपाठ) « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

विराटनगर महानगरपालिकाद्वारा श्वेतपत्र जारी (पूर्णपाठ)


९ भाद्र २०७९, बिहिबार


काठमाडौँ । विराटनगर महानगरपालिकाले श्वेतपत्र जारी गरेको छ । 

पछिल्लो पाँच वर्षको विकासका गतिविधि, महानगरको खुद आम्दानी, बेरुजु आदि थुप्रै विषय समेटेर महानगरका प्रमुख नागेश कोइरालाले श्वेतपत्र जारी गरेका हुन् । 

संघीय शासन प्रणालीमा जनप्रतिनिधिहरूद्वारा स्थानीय तहको जिम्मेवारी सम्हालेको दोस्रो कार्यकाल प्रारम्भ हुँदै गर्दा महानगरको विकासका लागि हालसम्म भएका गतिविधि समेटेर श्वेतपत्र जारी गरेको महानगर प्रमुख कोइरालाले बताए । 

खासगरी आर्थिक वर्ष २०७४/७५ देखि २०७८/७९ सम्म भएका प्रयासहरूबाट प्राप्त आर्थिक तथा सामाजिक विकासका उपलब्धिको विद्यमान अवस्था, स्रोतको परिचालन तथा व्यवस्थापकीय पक्षहरूको यथार्थ चित्रण गरिएको उनको भनाइ छ । 

साथै, कमजोरी पक्ष तथा चुनौतीहरूको तथ्यपरक विश्लेषण गरी महानगरको वस्तुगत अवस्थाबारे स्थानीय जनता, सरोकारवाला र सम्बन्धित निकायहरूलाई समेत जानकारी गराउन जरुरी भएकाले श्वेतपत्र जारी गरिएको महानगरका प्रमुख कोइरालाले बताए । 

१०६ पृष्ठको श्वेतपत्रमा महानगरमा विद्यमान चुनौतीहरूको सामना गर्न, महानगरको चौतर्फी विकासका लागि सङ्घ तथा प्रदेश सरकार र विकास साझेदारहरूको सहयोगसमेत परिचालन गर्दै समृद्धिको बाटोतर्फ अगाडि बढ्ने अपेक्षा लिएको कोइरालाले बताए । 

पूर्णपाठ !

Tags :
प्रतिक्रिया दिनुहोस