यसरी भयो मधेस प्रदेशमा मुख्यमन्त्री परिवर्तनको प्रयास असफल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

यसरी भयो मधेस प्रदेशमा मुख्यमन्त्री परिवर्तनको प्रयास असफल


९ भाद्र २०७९, बिहिबार


काठमाडौँ । मधेस प्रदेशमा मुख्यमन्त्री परिवर्तनको प्रयास असफल भएको छ । मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा दिन निर्देशन दिएका जनता समाजवादीका पार्टीमा अध्यक्ष उपेन्द्र यादव नै निर्देशनबाट पछि हटेका छन् ।

मुख्यमन्त्री लालबाबु राउतको पार्टी जनता समाजवादीका प्रवक्ता मनिष सुमनले पनि सरकार परिवर्तनको प्रयास असफल भएको स्वीकारेका छन्। उनले भने, ‘चुनाव घोषणा भइसकेकाले मुख्यमन्त्री र मन्त्रीहरू हेरफेर सहज देखिएन, तत्काललाई केही नहुने भयो ।’

४ मंसिरको चुनाव घोषणा भइसके पछि केही दिनअघि अध्यक्ष यादवले राउतलाई राजीनामा गर्न निर्देशन दिएका थिए । तर राउतले राउतले राजीनामा दिएका थिएनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस