२१ जिल्ला न्यायाधीशको पदस्थापन, को कहाँ ?(सूचीसहित) « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

२१ जिल्ला न्यायाधीशको पदस्थापन, को कहाँ ?(सूचीसहित)


८ भाद्र २०७९, बुधबार


काठमाडौँ । न्याय परिषद् बैठकले २१ जिल्ला न्यायाधीशको पोस्टिङ गरेको छ । गत साउन ३१ गते नियुक्ति सिफारिस गरिएका २१ जिल्ला न्यायाधीशलाई विभिन्न जिल्ला अदालतमा पोस्टिङ गरिएको हो । न्याय परिषद्का अनुसार एक नम्बरमा सिफारिस भएका न्यायाधीश टेकबहादुर कार्कीलाई सुनसरी जिल्ला अदालतमा पदस्थापन गरिएको छ ।

त्यसैगरी दुई नम्बरमा सिफारिस भएका प्रकाश कोइरालालाई मोरङ जिल्ला अदालतमा पोस्टिङ गरिएको छ ।  त्यसैगरी क्रमशः ध्रुवकुमार ढकाललाई महोत्तरी, विकास श्रेष्ठलाई सुनसरी, नवराज दुलाललाई उदयपुरमा पदस्थापन गरिएको छ ।

जगन्नाथ पौडेल (धनुषा), विष्णुकुमार रेग्मी (रुपन्देही), पुरुषोत्तम नेपाल (पर्सा), राजेश्वर अर्याल (मोरङ), महेन्द्रबहादुर थापाक्षेत्री (कास्की), भीमबहादुर निरौला (झापा), रामानन्दप्रसाद अधिकारी (कपिलवस्तु), मोहन सुवेदी (मोरङ), सुरेशराज खनाल (सुनसरी), निर्मला शर्मा सुवेदी (चितवन), हर्कबहादुर क्षेत्री (सप्तरी),  पूर्णिमा कोइराला (रौतहट), तारादेवी महर्जन )बारा), डल्लुराम चौधरी (कैलाली), ताराकुमारी शर्मा (दाङ) र भगवती शर्मा ढुङ्गाना पर्सा जिल्ला अदालतमा पदस्थापन भएका छन् ।

सूची !

Tags :
प्रतिक्रिया दिनुहोस