सहायक सचिव विष्टको मोटरसाइकल दुर्घटनामा मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सहायक सचिव विष्टको मोटरसाइकल दुर्घटनामा मृत्यु


८ भाद्र २०७९, बुधबार


काठमाडौँ । पर्साको ठोरी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ का सहायक सचिव जगतदीप बिष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जानकारी दिए ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार ठोरी-३ सिकारीबासमा आफन्तलाई भेटेर फर्कँदै गरेका उनको मोटरसाइकल हुलाकी सडक आउनु अघि कच्ची बाटोमा नै पल्टिएको थियो ।

हुलाकी सडकबाट २ सय मिटर उत्तर कच्ची सडकमै बुधबार अपराह्न ४ बजे मोटरसाइकल दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस