भिजिट भिसामा कुवेत जान लागेका ३९ जना महिला नियन्त्रणमा, पीडितका रूपमा पठाइयो माइती नेपाल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भिजिट भिसामा कुवेत जान लागेका ३९ जना महिला नियन्त्रणमा, पीडितका रूपमा पठाइयो माइती नेपाल


८ भाद्र २०७९, बुधबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियन्त्रणबाट भिजिट भिसामा कुवेत जान लागेका ३९ जना महिलालाई लिइएको छ ।

शंकास्पद कागजपत्र बोकेर जान लागेको भेटिएपछि त्रिभुवन अन्तर्राष्टिय सुरक्षा कार्यालयले पक्राउ गरी माइती नेपाललाई जिम्मा लगाएको छ ।

उनीहरू बुधबार बिहान ३ बजे जजीरा एयरको उडानमार्फत कुवेत जान लागेका थिए । भिजिट भिसाका लागि आवश्यक कागजात नभएकाले मानव तस्करीमा संलग्न समूहले कुवेत लैजान लागेको आशङ्कामा उनीहरूलाई रोकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस