बालेनविरुद्ध फुटपाथ व्यापारीले गरे महानगर कार्यालय अगाडि प्रदर्शन  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बालेनविरुद्ध फुटपाथ व्यापारीले गरे महानगर कार्यालय अगाडि प्रदर्शन 


७ भाद्र २०७९, मंगलबार


काठमाडौँ । फुटपाथ व्यापारीहरूले महानगर कार्यालय अगाडि प्रदर्शन  गरेको छ । 

फुटपाथ व्यापारीहरूले फुटपाथमा व्यापार गर्न पाउनु पर्ने माग सहित आज काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि मेयर बालेनविरुद्ध  नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक सङ्घर्ष समितिको नाममा उनीहरूले र्‍याली पनि गरेका छन्। कालीमाटीमा भेला भई नारा र्‍यालीसहित आएका उनीहरूले महानगरपालिकाको कार्यालय परिसरमा पुगेका छन् ।

उनीहरूले ‘महानगर प्रहरीले लगेको आफ्नो सामान बिना सर्त फिर्ता गर्नु पर्ने, आफूहरूले निर्धक्क सडक व्यापार गर्न पाउनु पर्ने’ जस्ता माग राखेका छन्। 

व्यापारीहरूले आफ्नो मागसहितको ज्ञापन पत्र महानगरलाई बुझाएका छन्। स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिको नाममा उनीहरूले र्‍याली पनि गरेका छन्। कालिमाटीमा भेला भई नारा र्‍यालीसहित आएका उनीहरूले महानगरपालिकाको कार्यालय परिसरमा पुगेका छन् ।

उनीहरूले ‘महानगर प्रहरीले लगेको आफ्नो सामान बिना सर्त फिर्ता गर्नु पर्ने, आफूहरूले निर्धक्क सडक व्यापार गर्न पाउनु पर्ने’ जस्ता माग राखेका छन्। 

व्यापारीहरूले आफ्नो मागसहितको ज्ञापन पत्र महानगरलाई बुझाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस