एमालेको आग्रहमा प्रतिनिधिसभा बैठक १ सातासम्मको लागि स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमालेको आग्रहमा प्रतिनिधिसभा बैठक १ सातासम्मको लागि स्थगित


७ भाद्र २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित गरिएको छ ।

आजदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधि सभा बैठक नराख्न सभामुख समक्ष आग्रह गरेको थियो ।

एमालेको आग्रह अनुसार प्रतिनिधि सभा बैठक यही भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस