१० सहसचिवको जिम्मेवारी फेरबदल, फेरिए एयरपोर्ट र वीरगन्ज भन्सार प्रमुख « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

१० सहसचिवको जिम्मेवारी फेरबदल, फेरिए एयरपोर्ट र वीरगन्ज भन्सार प्रमुख


७ भाद्र २०७९, मंगलबार


काठमाडौँ । अर्थ मन्त्रालयले मातहतका १० जना सहसचिवको जिम्मेवारी फेरबदल गरेको छ । प्रशासन सिंहदरवार विशेष स्रोतलाई प्राप्त विवरण अनुसार एयरपोर्ट भन्सार प्रमुख महेश भट्टराईलाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा गरिएको छ भने वीरगन्ज भन्सार कार्यालयका प्रमुख अरुण पोखरेललाई एयरपोर्ट भन्सारको प्रमुखको जिम्मेवारी दिइएको छ ।

मन्त्रालयले मध्यमस्तरीय करदाता कार्यालयका प्रमुख शम्भु मरासिनीलाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गर्दै महालेखा कार्यालयका नवराज ढुङ्गाना वीरगन्ज भन्सार कार्यालयको प्रमुखमा खटाइएको छ । भन्सार विभागका उपमहानिर्देशक आनन्द काफ्लेको अर्थ मन्त्रालयमा ल्याइएको छ ।

मन्त्रालयका प्रवक्तासमेत रहेका ढुण्डी निरौलालाई मध्यमस्तरीय करदाताको प्रमुख, ठुला करदाता कार्यालयका शिवलाल तिवारीलाई तालिम केन्द्र र मन्त्रालयका राजेश्वर ज्ञवालीलाई ठुला करदाताको प्रमुखमा पठाइएको छ ।

यस्तै तालिम केन्द्रका प्रमुख सुमन दाहाललाई अर्थ मन्त्रालयको वित्तीय सङ्घीयता महाशाखा, वित्तीय सङ्घीयता महाशाखा प्रमुख बाबुराम सुवेदीलाई आर्थिक नीति विश्लेषण महाशाखामा सारिएको छ ।

सरुवाका लागि अवधि पुगिसकेका सहसचिवहरूलाई आवश्यकता अनुसार जिम्मेवारी हेरफेर गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस