चोरी मोटरसाइकलसहित दुई जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चोरी मोटरसाइकलसहित दुई जना पक्राउ


६ भाद्र २०७९, सोमबार


पक्राउ

रौतहत । जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले २२० सीसीको दुई थान पल्सर मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मौलापुर नगरपालिका १ का २५ वर्षीय सुनिल जयसवाल र यमुनामाई गाउँपालिका–३ का ३० वर्षीय महमद सन्नाउल्लह रहेका छन् ।

विशेष सूचनाको आधारमा पक्राउ परेका थिए । पक्राउ परेका दुवै जना माथि चोरीसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट म्याद थमाई थपअनुसंधान सुरु गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस