इङ्ग्लिस प्रिमियर लिग : आर्सनलको लगातार तेस्रो जित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

इङ्ग्लिस प्रिमियर लिग : आर्सनलको लगातार तेस्रो जित


५ भाद्र २०७९, आइतबार


काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार तेस्रो जित
हात पारेको छ ।

शनिबार राति भएको खेलमा बर्नेमाउथलाई ३-० गोल अन्तरले हराउँदै आर्सनलले लगातार तेस्रो जित बनाउन सफल भएको हो ।

आर्सनललाई जित दिलाउन कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे । यस्तै विलियम सालिबाले एक गोल थपे ।

यस जितसँगै ३ खेलमा ९ अंक जोडेको आर्सनल शीर्ष स्थानमा उक्लिएको छ भने बर्नेमाउथ ३ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस