सिरियाको बजारमा विस्फोट, १५ जनाको मृत्यु « प्रशासन
Logo २९ असार २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सिरियाको बजारमा विस्फोट, १५ जनाको मृत्यु


४ भाद्र २०७९, शनिबार


बेरुत । सिरियामा विस्फोटनको घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

टर्कीको समर्थन रहेको विद्रोही लडाकु समूहले भिडभाड रहेको बजार क्षेत्रमा नै विस्फोटन गराएकाले ठूलो क्षति भएको जनाइएको छ । आक्रमणकारीले रकेट आक्रमण गरेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

मृत्यु भएका मध्ये तीन जना बालबालिका पनि रहेका छन् । घटना अत्यन्त क्रुुर र निर्दयीपूर्ण रहेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

शुक्रबार भएको घटनामा परी अरु दर्जनौँ घाइते भएको जनाइएको छ । घाइतेहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

देशको उत्तरी क्षेत्रमा पर्ने अल बाब सहरमा घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् । अमेरिकी समर्थन रहेको कुर्दिस लडाकाहरूको आक्रमणमा परी ११ जना सुरक्षाकर्मीको मृत्यु भएको भोलिपल्ट यो घटना भएको हो ।

शुक्रबार भएको घटनाका बारेमा अहिलेसम्म कसैले जिम्मेवारी भने लिएको छैन । सुरक्षाकर्मीहरूले घटनाका दोषीको खोजी भइरहेको जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस