प्रदीप गिरिको स्वास्थ्य लाभको प्रार्थना गर्न भारतीको अपील « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदीप गिरिको स्वास्थ्य लाभको प्रार्थना गर्न भारतीको अपील


४ भाद्र २०७९, शनिबार


काठमाडौँ । ललितपुरको नख्खुमा उपचाररत सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्था जटिल बनेको छ ।

गिरिकी पत्नी भारती सिलवाल गिरिले शनिबार वक्तव्य जारी गर्दै उनको स्वास्थ्य लाभको प्रार्थना गर्न समेत अपिल गरेकी छिन् ।

भारतमा क्यान्सरको उपचार गरेर फर्किएका गिरि झण्डै एक महिनाअघि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । क्यान्सरका कारण देखिएको समस्या र निमोनिया भएर अस्पताल भर्ना भएको भारतीले जानकारी दिएकी छन् । अहिले निमोनिया बढेको भन्दै वत्तव्यमा भनिएको छ, ‘यसले धेरै अंगहरु फेल भइरहेका छन् ।’

यद्यपि अहिले पनि डाक्टरहरुको टिम उपचारमा जुटिरहेको भन्दै उनले धन्यवाद दिएकी छन् र गिरिको स्वास्थ्यलाभको कामना गर्न समर्थनहरुलाई आग्रह गरेकी छन् ।

हेर्नुस् विज्ञप्ति:

Tags :
प्रतिक्रिया दिनुहोस