अध्यक्ष थापाले राप्रपा छाडेर आएका नेतालाई दिए उपाध्यक्ष र महामन्त्रीको जिम्मेवारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अध्यक्ष थापाले राप्रपा छाडेर आएका नेतालाई दिए उपाध्यक्ष र महामन्त्रीको जिम्मेवारी


४ भाद्र २०७९, शनिबार


काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हालै राप्रपा छाडेर आएका नेतालाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिएका छन् ।

उनले नेताहरु दिलनाथ गिरी, श्यामप्रसाद तिमिल्सिनालाई उपाध्यक्ष र केशवराज श्रेष्ठलाई महामन्त्री पदमा मनोनयन गरेका हुन् ।

गिरी, तिमिल्सिना र श्रेष्ठ हालै राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा छाडेर थापालाई साथ दिन आएका थिए । उनीहरुसँगै राप्रपा छाडेका दिलविकास राजभण्डारी भने फेरि राप्रपामै फर्किएका छन् ।

अध्यक्ष थापले रामसुन्दर विष्ट र दिनेशचन्द्र गुप्तालाई सहायक महामन्त्री सुस्मिता सुवेदीलाई सहायक प्रवक्ता पदमा मनोनयन गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस