नेपालगञ्जमा करेन्ट लागेर बाबु र छोराको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपालगञ्जमा करेन्ट लागेर बाबु र छोराको मृत्यु


४ भाद्र २०७९, शनिबार


नेपालगञ्ज । नेपालगञ्जमा करेन्ट लागेर आज बाबु र छोराको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परशुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु परशुरामलाई पनि करेन्ट लागेर गम्भीर घाइते भएपछि उनीहरूको नेपालगन्जस्थित नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको थियो । शव परीक्षणका लागि भेरी अस्पताल लगिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस