वाईसीएललाई फौजको रूपमा प्रस्तुत हुन प्रचण्डको निर्देशन « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

वाईसीएललाई फौजको रूपमा प्रस्तुत हुन प्रचण्डको निर्देशन


३ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको भ्रातृ सङ्गठन वाईसीएललाई फौजको रूपमा प्रस्तुत हुन निर्देशन दिएका छन् ।

काठमाडौंमा शुक्रवार योङ कम्युनिस्ट लीग (वाईसीएल) को दोस्रो भेलालाई सम्बोधन गर्दै प्रचण्डले वाईसीएल शान्ति पूर्ण आन्दोलनमा फौजको रूपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् ।

देशको राजनीतिलाई सही दिशामा अगाडि बढाउन युवाको भूमिका अग्रणी हुने भन्दै उनले यसमा लाग्न पनि निर्देशन दिए ।

क्रान्ति नदोहोरिन भएकाले परिमार्जित र विकसित रूपमा सङ्घर्ष गर्नुपर्ने भन्दै उनले अझै पनि शोषण र उत्पीडन अन्त्यका लागि काम गर्नुपर्ने अवस्था रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस