मर्स्याङ्दी गाउँपालिकाले एचआईभी संक्रमितलाई मासिक भत्ता १ हजार दिने « प्रशासन
Logo २१ आश्विन २०७९, शुक्रबार
   

मर्स्याङ्दी गाउँपालिकाले एचआईभी संक्रमितलाई मासिक भत्ता १ हजार दिने


३ भाद्र २०७९, शुक्रबार


लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्रका एचआईभी संक्रमितलाई मासिक भत्ता दिने भएको छ ।

गाउँकार्यपालिका बैठकले संक्रमितहरूका लागि मासिक १ हजार भत्ता दिने निर्णय गरेको हो ।

संक्रमितलाई पोषणमा कमी हुन नदिन सामाजिक सुरक्षा भत्ताको रूपमा मासिक भत्ता दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लुल घलेका अनुसार पालिकाभित्र १६ जना एचआईभी संक्रमित रहेका छन्। उनीहरूमध्ये ५ जना पुरुष र ११ जना महिला छन्। स्वास्थ्य शाखामार्फत एआरटी औषधि प्रयोग गरिरहेका उनीहरू कोही पनि सामाजिक रूपमा बाहिर खुलेका छैनन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले संक्रमितहरूले भत्ता बुझ्नका लागि निवेदनको साथमा नागरिकताको प्रतिलिपी र एचआइभी संक्रमित पुष्टी हुने कागजात पेस गर्नुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस