कार्यक्रम गर्न नगएको भन्दै १९७४ एडीविरुद्ध प्रहरीमा उजुरी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कार्यक्रम गर्न नगएको भन्दै १९७४ एडीविरुद्ध प्रहरीमा उजुरी


२ भाद्र २०७९, बिहिबार


काठमाडौँ । पैसा लिएर पनि कार्यक्रम गर्न बेलायत नगएको भन्दै सांगीतिक ब्याण्ड १९७४ एडी र ब्याण्डका व्यवस्थापक सञ्जय श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमा उजुरी परेको छ ।

१९७४ एडी र व्यवस्थापक श्रेष्ठविरुद्ध ठगीको अभियोगमा बेलायत बस्ने नवीन गुरुङले इमेलमार्फत जाहेरी दिएका हुन् । बेलायतको एचएबीअ मुभेन्ट लिमिटेडका तर्फबाट गुरुङले १९७४ एडी र उसका प्रबन्धक श्रेष्ठसँग ३ लाख रुपैयाँ मागदाबी गर्दै उजुरी दिएको बताइएको छ ।

ब्याण्डका म्यानेजर श्रेष्ठले भने नवीन गुरुङसँग कुनै सम्झौता नभएको र आफूहरुले उनलाई नचिन्ने दाबी गरे । कानुनी प्रक्रियामै गइसकेकाले अब आफूहरुले पनि कानुनी लडाइँ लड्ने उनले बताए ।

लण्डनमा सांगीतिक कार्यक्रम आयोजना गर्नका लागि कलाकारको व्यवस्थासहितको प्रस्तुति १९७४ एडीले गर्ने र एचएबीअ मुभेन्ट लिमिटेड आयोजक बन्ने गरी गत चैतमा सहमति गुरुङको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस