एमाले आफ्ना कार्यकर्तालाई ‘जबज’ पढाउँदै « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

एमाले आफ्ना कार्यकर्तालाई ‘जबज’ पढाउँदै


२ भाद्र २०७९, बिहिबार


काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय स्कुल विभागले वार्षिक कार्ययोजनाअनुसार भदौ २ गतेबाट कार्यकर्ता (विषयगत प्रशिक्षण) सुरु गरेको छ । प्रशिक्षण पार्टी कार्यालय च्यासलमा शुरू भएको हो ।

पहिलो दिन एमालेको जनसंगठन अखिल नेपाल किसान महासंघका सदस्यहरू प्रशिक्षणमा सहभागी छन् । किसान महासंघका कायकर्ताहरुलाई तीन दिन (भदौ २,३ र ४ गते) प्रशिक्षण दिने स्कुल विभाग सचिव पेम्वा लामाले जानकारी दिइन् ।

मार्क्सवाद, जनताको बहुदलीय जनवाद (जबज), महाधिवेशनबाट पारित कार्यनीति, मिडिया र सम्वन्ध, कुटनीति लगायतका नौ वटा विषयमा प्रशिक्षण दिइने सचिव लामाको भनाइ छ ।

पहिलो दिन स्कुल विभाग प्रमुख समेत रहेका उपमहासचिव प्रदीप ज्ञवाली र उपप्रमुख ईश्वरी रिजालले विषयगत प्रशिक्षण दिएका छन् । दोस्रो दिन पार्टी महासचिव शंकर पोखरेलले जबजबारे प्रशिक्षण दिनेछन् भने विदेश विभाग प्रमुख राजन भट्टराईले कुटनीतिका बारेमा प्रशिक्षण दिने कार्यतालिका रहेको छ । त्यस्तै मिडिया र पार्टी सम्बन्धबारे त्रिभुवन विश्वविद्यालयका प्राध्यापक वाइपी आचार्यले प्रशिक्षण दिने छन् ।

किसान महासंघपछि भदौ ५ देखि ७ सम्म युवा संघ नेपालका नेता कार्यकर्तालाई प्रशिक्षण दिने कार्यतालिका तय गरिएको छ ।

त्यसपछि क्रमशः अरु सबै जनसंगठनलाई प्रशिक्षण दिइने र भदौभर ७,८ वटा जनसंगठनका पदाधिकारी तथा सदस्यहरूलाई प्रशिक्षण दिइसक्ने योजना रहेको एमालेले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस